अभियान्ता सरोज रायको द्वारा भारतबाट दुई युवती लाई उद्धार, परिवार संग मिलाए

जनकपुर डेस्क

प्रकाशित :  मंगल, भदौ ३०, २०७७ समाज

SHARE 3640


प्रदेश २

द नेपाल खबर / जनकपुरधाम । भारतबाट   दुई युवती लाई  सरोज रायले उद्धार गरिएको छ ।  बारा जिल्ला जितपुरको बालिकालाई दुई वर्ष पछि र सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिकाको बालिकालाई एक वर्ष पछि परिवारसंग मिलाउन सफल भएको छु  अभियन्ता सरोज राय बताए।



बाराको बालिका घरबाट घुम्न निस्केको बेला एकजना महिलाले ललाई फुसलाई भारतमा ल्याइन र बालिकालाई दिल्ली लैजाने मनसायको साथ सिमाबाट विभीन्न शहरमा ल्याई घरमा बन्द गरेर राख्ने गर्थिन । एकदिन छरछिमेकले थाहा पाएछ र शंका लागेपछि प्रहरीलाई खबर गरे, प्रहरीको सहयोगबाट उक्त आईमाईको चुंगुलबाट छुटेर बेगुसराय स्थित बालिकागृहमा आई पुगिन । 


यस्तै, सप्तरीको बालिका गांव कै एकजना केटाको प्रेममोहमा फंसेर र आफ्नै छिमेकमा बस्ने महिलाको सहयोग पाएर उक्त केटाले बालिकालाई लिएर भारत तिर लागे तर केटीको संजोग राम्रो थियो, भारतीय प्रहरीको नजरमा आइन र केटाबाट अलग भएर एक वर्ष देखि बेगुसरायको बालिकागृहमा आशरा पाइन ।



यि दुवै बालिका वारे करिव ६-७ महिना पहिला भारतीय बालबालिका कल्याण समिती मार्फत जानकारी प्राप्त भयो । घरको ठेगाना स्पष्ट थिएन तर पनि विभीन्न माध्यम र टिएमएनसी सदस्य शशी यादव लगायतको सहयोगबाट घरपरिवारको ठेगाना पत्ता लगाइयो ।कागजातको लागि पटक-पटक घरपरिवार सित पनि भेटें । साथै. कागजात बनाउनमा शशी यादव, प्रकाश थारू, ई. संजीव यादव, मो. सजाद हुसेन समेतको सहयोग गरेको थियो।

नेपालमा लॉकडाउन र सिमाबन्द रहेपनि जसोतसो भारत आए । वाराको परिवार उतैबाट र म सप्तरीबाट बालिकाको आमा र वडा अध्यक्षको साथ दरभंगा हुंदै आए । खगडीया, समस्तीपुर र बेगुसराय पुगेर सरकारी कागजातहरू बनाई राती १० बजेसम्ममा सबै प्रकृया पुगाई उद्धार गर्न सफल भएको छु अभियन्ता राय बताउँछ  ।

भारतिय कर्मचारीलाई अबेर रातीसम्म पनि खटेको देखें । मानवतासंग जुडेको जुन कार्य हो देखेर उहाँ प्रति अभार प्रकट गरे।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट