बाल संरक्षण तथा लैङ्गकि हिंसा न्यूनिकरण बारे एकदिवसिय कार्यक्रम सम्पन्न ।
जनकपुर डेस्क
प्रकाशित : सोम, फागुन १०, २०७७ समाज

प्रदेश २
द नेपाल खबर/ जनकपुरधाम।
आसमान नेपालको आयोजना वर्ल्ड एजुकेशनको सहयोग स्थानिय सकारको समन्वयमा सुरक्षित सिकाई कार्यक्रम अन्तर्गत बाल संरक्षण तथा लैङ्गकि हिंसा न्यूनिकरण बारे एकदिवसिया कार्यक्रम सम्पन्न भएको छ ।
महोत्तरीकाे भंगहा नगरपालिका वडा नं ५ मा पर्ने उच्च मा.वि.सितापुर , सिद्धपुरको खेल मैदानमा आयोजना भएको कार्यक्रम आसमान नेपालको फिल्ड संयोजक रंजना कुमारी रायको अध्यक्षता र नगर उप - प्रमुख गंगा देवी सिंह दनुवारको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
समाजिक कुरिती तथा विकृतिहरुलाई अन्त्य गरि बालविवाह जस्ता सामाजिक अपराध न्यनिकरण गर्नका लागि सामाजिक संघ संस्थाहरुले खेलेको भुमिका सराहनिय रहेको नगर उप - प्रमुख सिंह दनुवारकी भनाइ छ ।
कार्यक्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मान्नद जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै अभ्यासको माध्याम बाट बैराग्य प्राप्त गरिसकेपछि लक्ष्यको प्राप्ति गर्न सक्ने उपस्थित छात्र छात्राहरुलाई जानकारी दिनुभएको छ ।
भंगहा नगरपालिकामा आयोजना भएको नगरस्तरिय कार्यक्रमा नागरपालिकाका समुदायिक विद्यालयका शिक्षक विद्यार्थी जनप्रनिधिकाे समेत उपस्थितीमा बाल संरक्षण तथा लैङ्गकि हिंसा न्यूनिकरण सम्बन्धि , बक्ततकला , चित्रकाला , निबन्ध , लोक संस्कृति , नृत्य , कविता वाचन , समेत गरिएको थियो ।
Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट









