हेल्प मधेशी संस्था मलेशिया द्वारा समान तथा बिदाई कार्यक्रम सम्पन्न ।

द नेपाल खबर डेस्क

प्रकाशित :  बिही, फागुन १३, २०७७ समाज

SHARE 802


अन्तर्राष्ट्रिय

द नेपाल खबर/ मलेशिया ।


हेल्प मधेशी संस्था मलेशिया परिवार द्वारा समान तथा बिदाई कार्यक्रम  सम्पन्न  गरिएको छ  ।


बुधबारका दिन हेल्प मधेशी संस्था मलेशियाका केन्द्रीय सहसचिव देवेन्द्र कुमार यादब  लाई  मलेशिया बाट आफ्नो  देश नेपाल  फर्कने क्रममा हेल्प मधेशी संस्था मलेशिया  दृारा  सम्मान तथा बिदाई कार्यक्रम गरिएको  संस्था सचिव रमेश यादव जानकरी दिए ।

हेल्प मधेशी मलेशिया परिवारका केन्द्रीय सह-सचिव  देवेन्द्र कुमार यादब  अहिले सम्म केन्द्रीय सह-सचिवको कार्यभार निर्वाह गर्दै संस्थालाई आफ्नो अमुल्य योगदान दिएर सहयोग  गरेको हुन  ।
 
मलेशियाको बसाई लाई समाप्त गर्दै देवेन्द्र कुमार यादबले आफ्नो जन्मभूमि नेपाल आयोको उहाले बताउनुभयो  ।

  विगत देखि हेल्प मधेशी मलेशिया परिवार लाई दिनुभएको अमुल्य समय, सहयोग, साथ र योगदान नेपालमा पनि वसेर  हेल्प मधेशी नेपाल परिवार लाई सक्दो निरन्तर योगदान दिने केन्द्रीय सह-सचिब यादबले प्रतिबद्धता दिए  ।

  हेल्प मधेशी संस्था मलेशियाका केन्द्रीय अनुशासन प्रमुख दिलिप कुमार यादब , महासचिव अमरेश कुमार यादब  र जोहोरबारु दलानको नेपाली युवाहरुको विषेश सभागितामा समान पत्र  हस्तान्तरण गरेको थिइन्।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट