राज्य मंत्री कुशवाहाद्वारा एकैदिनमा तीन ठाउँमा शिलान्यास ।

जनकपुर डेस्क

प्रकाशित :  सोम, फागुन १७, २०७७ समाज

SHARE 307


प्रदेश २

द नेपाल खबर/ महोत्तरी ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल(पर्खाल) निर्माण गर्नका लागि शिलान्यास गरेका छन ।मन्त्री कुशवाहाको निर्वाचन क्षेत्र विकास कोषबाट क्षेत्रको विभिन्न स्थानमा दुई समुदायिक भवन र एक बाउन्ड्रीवाल(पर्खाल)निर्माणका लागि शिलान्यास गरेका हुन । 


महोत्तरी जिल्लाको सम्सी गाउपलिक वडा ५ पोखरभिन्डामा रहेका रामजानकी कुट्टीका स्थानमा रहेका जग्गामा ३० लाखको लागतमा एक सामुदायीक भवनको शिलान्यास गरेका छन ।शिलान्यास गरे संगै निर्माण कार्य अगाडी बढाईएको छ ।


सम्सी गाउपलिक वडा ४ गाढामा १५ लाखको लागतमा एक सामुदायीक भवन समेत मन्त्री कुशवाहाले शिलान्यास गरेका छन । यसैगरी सम्सी गाउपलिक वडा ३ लक्ष्मीनियामा रामजानकी कुट्टीको जगामा बाउनड्रीवाल (पर्खाल) निर्माण लाग्यतका कामका लागि शिलान्यास गरेका छन ।


उक्त कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री डाक्टर सुरेन्द्र यादव,जसपा पार्टीका क्षेत्रीय संयोजन (ख)रामसागर मण्डल,जसपा पार्टीका क्षेत्री ४ का क्षेत्रीय संयोजन गगनदेव यादव,सम्सी गाउपलिकाका नगर संयोजक कैलास यादव सहित उपस्थिति रहेको थियोे ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट