सहकारीको विकास विना देश विकास सम्भव नरहेको राज्यमन्त्री यादव ।

जनकपुर डेस्क

प्रकाशित :  शनि, चैत २१, २०७७ समाज

SHARE 463


प्रदेश २



जनकपुरधाम,चैत २० गते     प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।  


     भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नं २ ले आयोजना गरेको ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आसन्नबाट बोल्दै मन्त्री यादवले  सहकारीका लागी कृषि उत्पादन क्षेत्रको विकासमा लगानी आवश्यक रहेको बताएका छन् ।



 किसानको आर्थिक जीवनस्तर उकास्न सहकारीको ठुलो योगदान रहेको बताउँदैं नागरिकको जीवन कृषिमा निर्भर रहेकोले सहकारीको गाउँ–गाउँमा विकास जरुरी  रहेको उनले  बताए ।


 सहकारीले विकास नभए प्रदेशको विकास मात्रै होइन मुलुकको विकास असम्भ रहेको उनले जानकारी दिए । 


  सहकारीको विकास विना देश विकास सम्भव नरहेको तर्क गरे । अघिल्लो समयमा सहकारीले मुलुकको अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको जिकिर गर्दै गर्दै यसको व्यवस्थापन गर्दै अघि बढनुपर्ने धारणा उनको थियो ।    


  सहकारी सम्बन्धी ऐन आएपछि प्रदेशका सहकारी संघसंस्थाहरु व्यवस्थित हुने विश्वास उनले व्यक्त गरे । संविधानले दिएको अधिकार टेकेर प्रदेश सरकारले सहकारी सम्बन्धी विधेयक प्रदेशसभामा पेश गरेको छ, उनले भने–‘समितिमा छलफलपछि विधेयक बैठकमा पेश हुन्छ ।



 प्रदेश सभा बैठकले पारित गरेपछि प्रदेशले सहकारी सम्बन्धी ऐन आउने राज्यमन्त्री यादवले जानकारी दिए ।   



Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट