मनरा सिस्वा नगरपालिका वडा नं: ३ सुनौलमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुर डेस्क

प्रकाशित :  शुक्र, चैत २७, २०७७ स्वास्थ्य

SHARE 595


प्रदेश २

द नेपाल खबर/ महोत्तरी। महोत्तरीका मनरा सिस्वा नगरपालिका वडा नं: ३ सुनौलमा १ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।


आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको सामान्य स्वास्थ्य शिविर राखिएकोमा कूल ४०० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सो मध्ये ३०० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको रहेको बताए ।


उक्त शिविरमा जासपाका युवा नेता विवेक यादवले सहयोग गरेका थियो । साथै ४०० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो ।


आँखाको अपरेशन गरेका विरामीहरुको एकदिने शिविर राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो । स्वास्थ्य शिविरमा बर्दिवास आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सन्तोष मण्डल, मनोहर यादव ,प्राविधिक सेवा प्रदान गरेका थिए ।


आँखाको निःशुल्क शिविरमा वडा अध्यक्ष महिन्द्र यादव, गफुर साफी,मोहन प्रसाद यादव ,विवेक यादव, ,पप्पु यादव ,अस्बिन्द्र यादव,मनोज यादव राकेश महतो स्थानिय , जनप्रनिधी, लगायतका युवा हरुको सभगीता थियो ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट