जनकपुरमा लकडाउन उलंघन गर्दै प्रदर्शनमा उत्रेका कर्याकर्ता हरुलाई प्रहरी द्वारा पक्राउ

जनकपुर डेस्क

प्रकाशित :  बिही, जेठ ८, २०७७ राजनीति

SHARE 1142


प्रदेश २

द नेपाल खबर ,जनकपुरधाम ८ गते । प्रदेश २ का राजधानी  जनकपुरधाममा लकडाउन उलंघन गर्दै प्रदर्शनमा उत्रेका जनता समाजवादी पार्टीका १५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।



जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवको पक्षमा पदर्शनमा उत्रेका १५ जनालाई बिहीबार दिउँसो जनकपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

केहि दिन अघि लकडाउन उलंघन गरी गाडी चलाउँदा सर्लाहीका जनता समाजवादी पार्टीका प्रदेश सांसद यादवको गाडी प्रहरीले जनकपुरको भानुचोकबाट नियन्त्रणमा लिएको थियो ।

सो क्रममा प्रदेश सांसद यादवको चालकलाई प्रहरीले अशब्द प्रयोग गरी धाकधम्की देखाउँदै अपमान गरेका थिए ।


जनता समाजवादी पार्टीका युवा नेता नविन यादवको नेतृत्वमा केहि युवाहरु समुह बिहीबार जनकपुरमा प्रदेर्शनमा उत्रेका थिए ।

उनीहरु विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।


Tags :

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट